+
+

‘एनसेल एप’ नयाँ भर्सनमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १४:३०

काठमाडौं । एनसेलले आफ्नो ‘एनसेल एप’ लाई परिस्कृत गरी ग्राहकमैत्री बनाएको छ ।

योसँगै ग्राहकले अब विविध जानकारीहरुमा सजिलै पहुँच पाउने भएका छन् । एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एपको नयाँ भर्सन सञ्चालनमा ल्याएको छ ।

ग्राहक अनुभव अभिवृद्धि गर्ने र ग्राहकहरुको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्‍याउने कम्पनीको प्रतिबद्धता बमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानीय सूचना प्रविधि प्रतिभामार्फत एपलाई अपडेट गरिएको हो ।

ग्राहकहरुले सहजै गुगल प्ले स्टोर र एप स्टोरबाट एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन् ।

मुख्य मेनुमा सहजै पुग्न सकिने लगायतका विषेशताका कारणहरुले गर्दा यो भर्सन प्रयोग गर्न सजिलो छ ।

ग्राहकले एपको प्रयोग गर्दा व्यक्तिगतरुपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्छन् । यसमा थुप्रै नयाँ निःशुल्क र सशुल्क गेमहरुको पनि अनलाइन तथा अफलाइन मजा लिन सकिन्छ ।

ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न एपको होम पेजलाई परिमार्जन गरिएको छ र प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो प्रोफाइल बनाएर आफ्नो अकाउन्ट व्यवस्थापन गर्न सक्छन् ।

कम्पनीका अनुसार यस भर्सनमा, प्रयोगकर्ताहरूले सजिलैसँग आफ्नो सेवाहरुको प्रयोग कति भएको, लिइएका प्याकहरू, सक्रिय प्याकहरूको अवस्था हेर्न सक्छन् र आफूलाई मनपर्ने प्याकहरुलाई सजिलै आफ्नो पहुँचमा राख्न सक्छन् ।

मुख्य मेनुमा पाइने द्रुत पहुँचले ग्राहकहरूलाई प्रायः प्रयोग गरिरहने सुविधाहरूमा सहज रूपमा नेभिगेट गर्न सजिलो बनाउँदछ ।

त्यसैगरी यस एपमा थप सुधार गरिएको ग्राहक सेवाले ग्राहकका जिज्ञासाहरु तदारुकताकासाथ सम्बोधन गरिएका तथा आवश्यक सहयोग प्रदान गरिएको सुनिश्चित गर्दछ ।

छोटा वा लामो अवधिका लागि रोमिङसहित विदेश भ्रमणमा रहेका ग्राहकहरुका लागि पनि यो एप एकदमै सहयोगी रहेको कम्पनीको भनाइ छ ।

यो एपको माध्यमबाट प्रयोगकर्ताले सजिलै रिचार्ज गर्ने र प्याकहरु किन्ने कार्यहरु गर्दै विदेश भ्रमणका बेला पनि सहज रुपमा सम्पर्कमा रही रहन सक्छन् ।

स्थानीय सूचना प्रविधिका प्रतिभा र एप डेभलपमेन्ट क्षमताको प्रयोग गरेर यो एप अपडेट गरिएकाले यसले ठूलो अर्थ राखेको एनसेलको विश्वास छ ।

एनसेल सधैं ग्राहकको अनुभव अभिवृद्धि गर्न र उनीहरूको डिजिटल यात्रालाई सहज बनाउन प्रतिबद्ध रहेको छ । खल्तीसँगको साझेदारीमा दैनिक क्विज बाहेक एनसेलले समान विचार भएका साझेदार र अग्रणी बैंकहरूसँगको सहकार्यमा एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ ।

त्यसैगरी पीआरबीटी सदस्यतालाई सहज बनाइँदै छ र ग्राहकलाई सूचनामा सहज पहुँच प्रदान गर्न एपमा नयाँ तथा लोकप्रिय सामग्री उपलब्ध गराउँन आवश्यक कामहरु भईरहेको छ ।

सजिलै भ्वाइस र डाटा प्याकहरु लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्र्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुचारु गर्ने लगायत अन्य थुप्रै एपका विद्यमान सेवा, सुविधाहरु हुन् ।

केही ट्याप गरेको भरमा नै ग्राहकहरूले हालै सञ्चालनमा ल्याइएको कर सहित १५० रूपैयाँ मूल्य सुरु हुने डबल मजा प्याक जस्ता सेवाहरू सजिलै सुचारु गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?