+
+

विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्छु : सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १९:५४

१५ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्ने बताएका छन् ।

रामेछापको गोकुलगंगास्थित गोकुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले विधेयक पारित भएसँगै तीन तहको काम कर्तव्य र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन हुने बताए ।

शिक्षालाई समयअनुसार वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमुलक, रोजगारमूलक एवं जनमुखी बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले संसदमा विधाराधिन रहेको विद्यालय शिक्षा विधेयक पारित भएको अवस्थामा शैक्षिक गुणस्तर वृद्धि हुन सहयोग हुने अपेक्षा लिएको बताए ।

सभामुख घिमिरेले बदलिएको समय अनुसार शिक्षामा सुधार आवश्यक रहेको बताए ।

शिक्षाले समाज रुपान्तरणको गति निर्धारण गर्ने भएकाले समाजको आवश्यकता अनुरुप व्यवहारिक, प्राविधिक र सर्वसुलभ शिक्षाका लागि नीतिहरु परिवर्तन हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?