+
+

कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगीतामा सुजनलाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते २०:२६

१५ फागुन, काठमाडौं । गोल्डेन गेट इन्टरनेसनल कलेजका सुजन गडालले आठौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ पुरुष सिंगल्समा मंगलबार स्वर्ण जितेका छन् ।

रेड टायल्स प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको फाइनलमा सुजनले विट्स एकेडेमीका प्रवेश बस्नेतलाई ११–६, १०–१२, ११–२, ११–२ र ११–८ को सेटमा पराजित गरे । बाल्मिकी क्याम्पसका गनञ्जय दाहाल र भक्तपुर बहुमुखी क्याम्पसका राजोजमान थकु संयुक्त रुपमा तेश्रो भए ।

उक्त स्पर्धाको महिलामा प्राइम ग्लोबलकी सुस्मिता खड्का पहिलो भएकी थिइन् ।

तीनदिने प्रतियोगिताको स्कुलतर्फ ८ तथा कलेजमा २ गरी १० स्पर्धामा करिब २ सय ६० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?