+
+

‘गोर्खा वारिअर’को चारदिने कमाइबारे के भन्छन् निर्माता ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १४:१५

काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारिअर’ देशभरका हलमा प्रदर्शन भइरहेको छ । बेलायती उपनिवेशविरुद्ध मलाया टापुमा भएको लडाइँको सेटिङमा बनेको यो फिल्मले कब्जामा लिइएका ब्रिटिस गोर्खालाई मुक्त गर्न प्रमुख पात्रले गर्ने संघर्षको कथा भन्छ ।

लाहुरे पृष्ठभूमिका परिवार र दर्शकले यो फिल्मलाई रुचाएको देखिन्छ । धरान, पोखराजस्ता लाहुरे बहुल सहरमा यो फिल्मको कलेक्सन राम्रो रहेको निर्माताको भनाइ छ ।

निर्देशक चाम्सले सामाजिक सञ्जालबाट चारदिने कमाइ सार्वजनिक गरेका छन् । कलेक्सन पोस्टर सेयर गर्दै उनले प्रदर्शनको चार दिनमा फिल्मले देशव्यापी १ करोड ५१ लाख ग्रस कमाइ गरेको उल्लेख गरेका छन् । उनले यसका लागि दर्शकलाई धन्यवाद दिएका छन् । चाम्सले सेयर गरेको उक्त कमाइ पहिलो सप्ताहन्तसहित सोमबारसम्मको हो ।

यसबारे जानकारी दिन निर्माताले मंगलबार काठमाडौंमा मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गरेका थिए । जहाँ निर्देशक चाम्स अभिनेता रितेश चाम्सलाई लिएर भावुक सुनिए । फिल्मका प्रमुख अभिनेता रितेशलाई उनले प्रेरणाको स्रोतको रुपमा व्याख्या गरेका छन् ।

अफगानिस्तान युद्धमा गोली लागेर गम्भीर घाइते भएका रितेशलाई चिकित्सकले पक्षघात हुने भनेर भनेपनि उनले यसबाट हार नमानेको मिलनले फेसबुकमा पनि उल्लेख गरेका छन् । उनले पाइलट बन्ने सपना पूरा गरेको उल्लेख गर्दै निर्देशक चाम्सले हिमाल आरोहण, स्काइ डाइभिङ, मार्सल आर्ट्समा उनी निपूर्ण रहेको कुरा उनले लेखेका छन् ।

‘गोर्खा वारिअर’को कुरा गर्दा यो फिल्मका लागि बिहीबारसम्म महत्वपूर्ण हुनसक्छ । शुक्रबार ड्युन २, अगस्त्य, लापता लेडिज र अप्रेसन भ्यालेन्टाइन रिलिज हुँदैछन्, जसले गर्दा पर्दा विभाजित हुन्छ । त्यसकारण जंगल सर्भाइभल फिल्म ‘गोर्खा वारिअर’का लागि पहिलो साता महत्वपूर्ण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?