+
+

‘गोर्खा वारिअर’को दोस्रो ट्रेलर : सिपाहीको मानवीय र सामाजिक पक्षको चित्रण

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १४:०४

काठमाडौं । फागुन ११ गतेबाट प्रदर्शन तयारीमा रहेको फिल्म ‘गोर्खा वारिअर’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । पहिलो ट्रेलरमा कथावस्तु र युद्ध विभीषिका दर्शाइएको थियो । दोस्रोमा पात्रको मानवीय र सामाजिक पक्षलाई चित्रण गरिएको छ ।

नयाँ ट्रेलरमा शीर्ष कलाकारद्वय रितेश चाम्स र रेविका गुरुङको सम्बन्ध र उतारचढावलाई दर्शाइएको छ । लाहुरे पतिको खबरले विक्षिप्त पात्रको भूमिकामा गुरुङले अभिनय गरेकी छन् । यो ट्रेलरले मुख्य पात्र चाम्सको हास्य पात्रलाई पनि प्रस्तुत गरेको छ ।

सन् १९४९ को मलाया युद्धको कथा पेश गर्ने यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । ट्रेलरमा प्रस्तुत दृश्यको रङ संयोजन अर्को आकर्षक पक्ष हो, जसले क्लासिकल फिल्मको मनोविज्ञान निर्माण गर्छ ।

ट्रेलरमा विजय लामा, रियर राई लगायतका सहायक चरित्र पनि देखिएका छन् । यो फिल्मलाई यसअघि बेलायतको लण्डन र सुनसरीको धरानमा प्रिमियर गरिएको छ । सोमबार पोखरामा प्रियिमर हुँदैछ भने काठमाडौंमा बुधबार गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?