+
+
फ्राइडे रिलिज :

हलमा लागे गोर्खा वारिअर, आर्टिकल ३७० र क्र्याक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते ११:५६

काठमाडौं । शुक्रबारदेखि हलमा नेपाली भाषाको फिल्म ‘गोर्खा वारिअर’ र दुई हिन्दी फिल्म ‘क्र्याक’ र ‘आर्टिकल ३७०’ प्रदर्शनमा आएका छन् । यीमध्ये दुई एक्सन जनराका फिल्म हुन् भने एउटा चाहिं पोलिटिकल ड्रामा हो ।

नेपाली फिल्म ‘गोर्खा वारिअर’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । सन् १९४९ को मलाया युद्धमा बेलायती सेनामा कार्यरत गोर्खाली सेनाले लडेको वीरतापूर्ण लडाइँको कथालाई फिल्मले प्रस्तुत गर्छ ।

रितेश चाम्स, विजय लामा, रेविका गुरुङ र कविता आलेको शीर्ष भूमिका रहेको फिल्मलाई एक्सन–ड्रामा जनरामा राखिएको छ । प्रिमियरबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको यो फिल्मको रनटाइम १११ मिनेट छ । यो फिल्मलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट प्रदान गरेको छ ।

बलिउड फिल्म ‘क्र्याक’लाई आदित्य दत्तले निर्देशन गरेका हुन् । एक्सन जनरामा राखिएको यो फिल्ममा एमी ज्याक्सन, विद्युत जामवाल र नोरा फतेहीको शीर्ष भूमिका छ । मुम्बईको सुकुम्बासी बस्तीबाट अन्डरग्राउण्ड वर्ल्डको स्पोर्ट्समा प्रतिस्पर्धा गर्ने यो पात्रको कथावस्तु यसमा समेटिएको छ । १५७ मिनेट रनटाइमको यो फिल्मलाई नेपाली सेन्सर बोर्डले पीजी सर्टिफिकेट प्रदान गरेको छ ।

‘आर्टिकल ३७०’ यस्तो बेलामा भारतमा रिलिज भएको छ, जतिबेला भारतमा लोकसभा निर्वाचन हुँदैछ । यो थ्रिलर, एक्सन ड्रामाले जम्मु कश्मीरलाई विशेष अधिकार प्रदान गर्ने अधिकार खारेज गरेर त्यहाँ राष्ट्रपति शासन लागू गर्ने भारतीय संविधानको धारा ३७० बारेको कथा भन्छ । यो फिल्म जूनी हाक्सर नामक जासूसी पात्रको कथावस्तुमा छ ।

१६० मिनेट रनटाइम र पीजी सर्टिफिकेट प्राप्त गरेको यो फिल्ममा यामी गौतम, प्रियामणि र किरण कर्माकरको शीर्ष भूमिका छ । आदित्य सुहासले यो फिल्म निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?