+
+

अरुणभ्याली हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते ९:२५

१७ फागुन, काठमाडौं । बिहीबारदेखि अरुणभ्याली हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन खुला गरेको छ । कम्पनीले हालको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीको हकप्रद सेयरमा गत माघ १४ गतेसम्म कायम सेयरधनीले शत प्रतिशत सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा चैत ७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।

त्यस्तै हाइड्रोपावरको कार्यालय थापाथली, क्यापिटलको कार्यालय नक्साल, मुक्तिनाथ विकास बैंकका बिर्तामोड, इटहरी, बिराटनगर, वीरगन्ज, जनकपुर, कुमारीपाटी, ठिमी, नारायणगढ पोखरा, बुटवल, विरेन्द्रनगर, नेपालगन्ज, धनगढी र महेन्द्रनगरका शाखाबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । ग्लोबल आईएमई बैंकका फिदिम तथा चैनपुरका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?