+
+

पक्राउ परेका लघुवित्तका ऋणीहरूलाई रिहा गर्न एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १४:०१

१७ फागुन, काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले  लघुवित्तका ऋणीहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

उनले भनिन्, ‘उनीहरुको माग भनेको निःशर्त रुपमा उनीहरुलाई रिहा गरिनुपर्छ भन्ने हो । लघुवित्तका ऋणीका आफ्नै वार्ताका कुरा छन् । यो सरकारले समयमा सम्बोधन नगर्दा अरु पनि थप दुर्घटना हुन सक्छन् ।’

उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका लघुवित्तका ऋणीहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताइन् ।

‘धेरै दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका लघुवित्तका ऋणीहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनिसकेपछि यही १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भए ।’ उनले भनिन् ।

उनले प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्नुपर्ने माग गरिन् । उनले लघुवित्तका ऋणीका माग समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुनेतर्फ सरकारले सोच्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘छिर्नु आफैँमा संवेदनशील कुरा हो भने अर्को संवेदनशील विषय उनीहरुलाई पक्राउ गरेर अहिलेसम्म छोडिएको छैन । यो विषयमा सरकारले समयमा नै ध्यान दिएर वर्ता अघि बढाओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?