+
+

सेजन सदस्यको १६ करोड रुपैयाँ बराबरको स्वास्थ्य बीमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १३:५७

१७ फागुन, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बीमा गरेको छ ।

सेजनले हिमालयन एभरेस्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो । बिहीबार हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहले सेजनका सीईओ अश्विन पराजुलीलाई बीमा पोलिसी हस्तान्तरण गरे ।

पोलिसी फागुन ४ बाट कार्यान्वयनमा आइसकेको छ । स्वास्थ्य बीमा अवधि एक वर्षको छ । पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यहरूको क्षमता अभिवृद्धि बाहेक स्वास्थ्य सुरक्षाका लागि समेत संस्था गम्भीर रहेको बताए । सोही क्रममा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको उनले बताए ।

‘हामीले आफ्ना सबै सदस्यको क्षमता अभिवृद्धि लगायत काम गर्दै आएका छौं, जुन सधैं कायमै रहन्छ,’ उनले भने, ‘सदस्यको स्वास्थ्य संवेदनशीलता मध्यनजर गर्दै अहिले आफ्नो कोषबाट सबै सदस्यको बीमा गरेका छौं ।’

सम्झौता कार्यक्रममा इन्स्योरेन्स सीईओ शाहले सेजन सदस्यलाई आफ्नो संस्थामार्फत बीमा गर्न पाउनु निकै खुसीको विषय भएको बताए ।

उनले सबै नेपाली बीमामा जोडिन आवश्यक रहेको समेत बताए । बीमाको महत्वबारे अझै नागरिकलाई बुझाउन नसकिएको शाहको भनाइ छ ।

‘बीमा गर्दाका फाइदा बुझाउन नसक्दा क्षति न्यूनीकरण भएको छैन,’ उनले भने, ‘आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारको छाता संगठनको हैसियतमा सेजनले बीमा गर्दाका फाइदा सर्वसाधारणलाई बुझाउन भूमिका खेल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?