+
+

सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गरियोस्

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १२:०२

१८ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘भारतले आापलाई जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ । त्यसैगरी नेपालले नेपालले सुन्तालालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ?’

नेपाली भूगोल सुन्तला खेतीका लागि अत्यन्त प्रचुर रहेको, स्वास्थ्यका लागि लाभदायक र अत्यन्त मिठो फल भएको उल्लेख गर्दै यथोचित बजेट समेतको व्यवस्था गर्न उनले राष्ट्रिय फल घोषणा गर्न माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?