+
+

यस्तो रह्यो ‘अगस्त्य’को काठमाडौं प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १३:४७

काठमाडौं । सौगात मल्ल, नाजिर हुसेन र मलिका महत स्टारर फिल्म ‘अगस्त्य’को काठमाडौं प्रिमियर आयोजना भएको छ । बिहीबार बेलुका क्यूएफएक्सको लबिम हलमा आयोजित समारोहमा फिल्मको प्रथम प्रदर्शनी आयोजना गरियो ।

रिलिज पूर्वसन्ध्यामा आयोजित समारोहमा कास्ट एण्ड क्रिउसहित फिल्मकर्मीको उपस्थिति रह्यो । निर्देशक सौरभ चौधरी, कलाकारहरु सौगात, नाजिर, मलिका, उपासनासिंह ठकुरी, सुशील श्रेष्ठ लगायतको उपस्थिति रह्यो ।

सोसल–एक्सन ड्रामा यो मल्टिस्टारर फिल्ममा प्रमोद अग्रहरी, निश्चल बस्नेत लगायतका कलाकारको समेत अभिनय छ । शुक्रबारदेखि यो फिल्म नेपालसहित विदेशमा समेत रिलिज भएको छ ।

फिल्मको पोस्ट-क्रेडिटमार्फत दोस्रो श्रृंखलाको घोषणा गरिएको छ । जसको रिलिज सन् २०२६ मा हुने जनाइएको छ । झन्डै तीन घण्टा लामो यो फिल्ममा भारतमा बेचिएका नेपाली चेलीको उद्धारको कथा पेश गरिएको छ ।

तस्वीर : शंकर गिरी/काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?