+
+

ग्लोबल आईएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १४:२२

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशालामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भइसकेको बैंकले जनाएको छ ।

यो नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको नयाँ शाखा कार्यालयको संख्या ३५६ पुगेको बै‌ंकले जनाएको छ ।

देशभरि ३७९ एटीएम बुथ, २७५ शाखारहित बैंकिङ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट ग्राहकहरूलाई सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?