+
+

मुकेश अम्बानीका छोराको विवाह समारोहमा रिहानाले कति लिंदैछिन् पारिश्रमिक ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १७:०६

काठमाडौं । अमेरिकी पपस्टार रिहानाले भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको प्रि-वेडिङ समारोहमा सांगीतिक प्रस्तुति दिने कुराले विश्व मिडियामा चर्चा पाएको छ । महत्वपूर्ण कुरा उनले पाउने पारिश्रमिकले धेरैको ध्यान खिचेको छ ।

इण्डिया टुडेका अनुसार उक्त निजी समारोहमा प्रस्तुति दिएबापत रिहानाले आठदेखि नौ मिलियन अमेरिकी डलर (६६ देखि ७४) करोड भारु पाउने छिन् । विवाहपूर्वका समारोह मार्च १ देखि आयोजना हुँदैछ ।

प्रि-वेडिङ समारोहलाई ‘एन इभिनिङ इन इभरल्याण्ड’ नाम दिइएको छ । समारोहमा सहभागी हुन रिहाना आफ्नो सांगीतिक समूहसहित बिहीबार गुजरातको जामनगर पुगेकी छन् । त्यता जाने क्रममा उनी विमानस्थलमा देखिएकी थिइन् ।

स्रोतका रिहानाले उक्त समारोहमा ‘डायमण्ड’सहितका हिट गीत गाउनेछिन् । पारिश्रमिकबाहेक अन्य खर्च स्टेज उपकरण, पहिरन र पार्श्व गायनमा खर्च हुनेछ । रिहानाले पछिल्लोपटक सन् २०२३ को सुपर बउलमा प्रस्तुति दिएकी थिइन्, जसलाई १२१.०७ मिलियन दर्शकले हेरेको जनाइएको छ । यो दर्शक संख्या सुपर बउल इभेन्ट्को कीर्तिमानी संख्या हो ।

यसबाहेक उनी अम्बानीको विवाह समारोहमा प्रस्तुति दिने नयाँ अन्तर्राष्ट्रिय कलाकार पनि हुन् । यसअघि इशा अम्बानीको विवाह समारोहमा प्रस्तुति दिएकी बियोन्सेले ४ मिलियन डलर (३३ करोड भारु) पारिश्रमिक लिएकी थिइन् । रिहानाबाहेक दिलजित दोसांझले पनि प्रस्तुति दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?