+
+

साफ यू-१६ महिला च्याम्पियनसिप : भुटानको पोष्टमा भारतको ७ गोल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १७:०६

१८ फागुन, काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिपमा भारतले पहिलो खेलमा भुटानलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले सुरुदेखि नै भुटानमाथि हाबी हुँदै पहिलो हाफमा नै ६ गोल गरेको थियो ।

खेलमा अनुष्का कुमारीले ह्याट्रिक गरिन् । उनले खेलको १७ औं , २७ औं र ४० औं मिनेटमा गोल गरिन् ।

त्यस्तै पिफारी फर्नान्डेजले २ गोल गरिन् । उनले १३ र २६ मिनेटमा गोल गरेकी हुन् ।

भारतका लागि खेलको छैटौं मिनेटमा कप्तान स्वेता रानीले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् ।

खेलको दोस्रो हाफमा भारतले १ गोल मात्रै थप्यो । जसमा खेलको ६१ औं मिनेटमा अन्वीता रघुरमनले गोल गरिन् ।

साफ यू–१६ महिला च्याम्पियनसिपमा दोस्रो खेलमा शनिबार घरेलु टिम नेपालले बंगलादेशसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?