+
+

साफ यू-१६ फुटबलमा नेपालले भुटानलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १७:५७

२१ फागुन, काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिपमा आयोजक नेपालले भुटानलाई ३–० ले पराजित गरेको छ । नेपालले पहिलो हाफमा नै ३ गोल गरेको हो ।

नेपालका लागि १४ औं मिनेटमा पूजा गिरीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनले पेनाल्टी क्षेत्रबाट गरेको गोलले पोष्टको जाली चुमेको हो ।

पहिलो गोलको ४ मिनेटपछि कप्तान भूमिका बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् ।

त्यस्तै खेलको ३१ औं मिनेटमा नेपालका लागि ग्यान्सु डोल्मा लोले फ्रि किकबाट सिधै गोल गरेकी हुन् ।

डी बक्स बाहिर पाएको फ्रिकिक भुटानकी गोलरक्षक खेल्जाङ् वाङ्मोको हातको टुप्पामा लाग्दै गोल भएको हो ।

खेलको ३८ औं मिनेटमा भुटानले पेनाल्टी मार्फत नेपाललाई गोल फर्काउने अवसर पाएको थियो । जसमा नेपालकी गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट बचाउ गरिन् ।

दोस्रो हाफमा भने दुवै टिमले मौका बनाए पनि गोल भने हुन सकेन ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो । भुटान भने पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो ।

नेपालले अब बिहीबार भारतसँग खेल्ने छ । यस प्रतियोगितको फाइनल शीर्ष २ टिमबीच फागुन २७ गते आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?