+
+

साफ यू-१६ महिला च्याम्पियनमा नेपालले आज बंगलादेशसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते ९:३५

१९ फागुन, काठमाडौं । घरेलु मैदानमा जारी साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपालले आज आफ्नो पहिलो खेलमा बंगलादेशसँग खेल्दैछ ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

दक्षिण एसियाका चार टोली मात्र सम्मिलित यस प्रतियोगितामा सिंगल राउण्ड रोविनमा हुँदैछ र लिग चरण सकिएपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

त्यसैले नेपाल पहिलो खेलमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । घरेलु मैदानलाई सदुपयोग गर्दै उपाधि जित्ने लक्ष्य राखेको नेपालको लागि हरेक खेल महत्वपूर्ण हुनेछ ।

नेपालले यसै फर्म्याट अन्तर्गत सन् २०२२ मा बंगलादेशमा भएको साफ यू-१५ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यस च्याम्पियनसिपमा नेपाली टोलीमा रहेकी भूमिका बुढाथोकी अहिले नेपाली टिमको कप्तानी गर्दैछन् ।

कप्तान भूमिका र मुख्य प्रशिक्षक चक्र तामाङले सिनियर टोलीले वाफ च्याम्पियनसिपमा गरेको प्रदर्शनले युवा टोली पनि राम्रो प्रदर्शन गर्न प्रेरित भएको बताएका छन् ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा भारतले भुटानलाई ७-० ले पराजित गरेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?