+
+

आर्मी र आयोजक मदन भण्डारी एकेडेमी राष्ट्रिय महिला हक्कीको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १९:०९

१८ फागुन, जनकपुर । नेपाल आर्मी र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

जनकपुरमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई ६–० गोलले पराजित गर्‍यो । आर्मीको जितमा सीतामाया बलले ह्याट्रिक गरिन् भने ‘प्लेयर अफ द म्याच’ सिमा खड्का, मनीषा राणा र कमला चन्दले समान १–१ गोल थपे ।

दोश्रो सेमिफाइनलमा आयोजक मदन भण्डारी एकेडेमीले सुदूरपश्चिमलाई ४–३ गोलले हरायो । एकेडेमीका शोभा शर्माले २ तथा मधु राई र सुनिता नेगीले समान १–१ गोल गरे । सुदूरपश्चिमका गंगा भट्टले २ तथा नमिता एसकेले १ गोल गरे । एकेडेमीकी सपना सिंह ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

आर्मी र एकेडेमीबीचको उपाधि भिडन्त आइतबार हुनेछ । लुम्बिनी र सुदूरपश्चिमले शनिबार तेश्रो स्थानका लागि खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?