+
+
त्रिकोणात्मक टी-२० आई सिरिज :

नेपाललाई नेदरल्याण्ड्सले दियो १२१ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १३:०९

१९ फागुन, काठमाडौं। त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई नेदरल्यान्ड्सले जितका लागि १२१ रनको लक्ष्य दिएको छ ।

नेदरल्याण्ड्सले १९. ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको हो ।

नेदरल्याण्ड्सका म्याक्स ओडाउडले  सर्बाधिक ३१ रन बनाए  । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३/२३  र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई/दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

करण केसीले पहिलो ओभरमै दुई विकेट लिएपछि नेदरल्याण्ड्स सुरुदेखि नै दबाबमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?