+
+

अभिनेत्री नन्दिता केसीले कसिन् लगनगाँठो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते २१:१८

काठमाडौँ । अभिनेत्री नन्दिता केसीले शनिबार प्रेमीसँग लगनगाँठो कसेकी छन् । होटल शंकरमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी अरविन्द्र कट्वालसँग विवाह गरेकी हुन् ।

वैवाहिक समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायत निम्त्याइएको थियो । भुवन केसी लगायतका फिल्मकर्मी पनि नन्दितालाई बधाई दिन पुगेका थिए । बेहुली पहिरनमा उनी आकर्षक र खुशि देखिएकी थिइन् ।

‘इन्द्रेणी’ डेब्यु अभिनेत्रीलाई फ्यान र फिल्मकर्मीले सामाजिक संजालबाट बधाई दिइरहेका छन् । बेहुला कट्वाल पेशाले अमेरिकामा कार्यरत मुटुरोग विशेषज्ञ हुन् । ६ महिनाअघि पहिलोपटक भेट भएका यी दुईले मागी विवाह गरेका हुन् ।

केही साताअघि क्यानडामा इन्गेजमेन्ट गरेका उनीहरु विवाहका लागि काठमाडौं आइपुगेका थिए । विहीबार रेसु भिल्लामा आयोजित मेहेन्दी उत्सवमा नन्दितासँग उनी निकट सेलिब्रेटी देखिएका थिए ।

नन्दिताले केही दिनअघि कट्वालसँग विवाह गर्न लागेको जानकारी सामाजिक संजालबाट दिएकी थिइन् । नन्दिता र अरविन्द्र लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । पछिल्लो समय फिल्मबाट टाढिएकी नन्दिता केही फिल्म समारोह र म्युजिक भिडियोमा भने देखिँदै आएकी छन् ।

तस्वीर सौजन्य : अनुप गुरुङ/टौवा इभेन्ट्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?