+
+

विश्व बक्स अफिसमा ‘ड्युन २’ को आँधी, दुईदिने कमाइ १६० मिलियन डलर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १६:५४

काठमाडौं । तिमोथी चालमेट र जेन्डाया स्टारर साइन्स-फिक्सन हलिउड फिल्म ‘ड्यनु २’ ले विश्व बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । यो फिल्मले सुरुवाती दुई दिन (शुक्रबार र शनिबार) विश्वभर १६० मिलियन डलर कमाएको छ ।

उत्तर अमेरिकी बक्स अफिसमा मात्र फिल्मले सोही अवधिमा ८० मिलियन डलर कमाएको छ । ‘ड्युन २’ को यो ओपनिङ गत गर्मीयामको ‘ओपेनहाइमर’भन्दा बढी हो । शनिबार ‘ड्युन २’ ले अमेरिका र क्यानडामा २८ मिलियन कमायो । ‘ओपेनहाइमर’को शनिबारीय कलेक्सन २६.२ मिलियन थियो ।

भेराइटी म्यागजिनका अनुसार डेनिस भिलेनुएभ निर्देशित यो फिल्म यतिबेला अन्तर्राष्ट्रिय बजारको शीर्षस्थानमा छ । यो फिल्मले हलमा चलिरहेको ‘बाब मार्ली : वान लभ’को तीन दिने कमाइ (२८.६ मिलियन डलर)लाई पनि उछिनेको छ । सन् २०२१ मा रिलिज भएको अघिल्लो भाग ‘ड्युन’ले उत्तर अमेरिकाका ४१ मिलियन डलर ओपनिङ गरेको थियो ।

यो फिल्मको आगामी कमाइ अझै आकाशिन सक्छ । डल्बी र आईम्याक्स संस्करणबाट ड्युनको कमाइको हिस्सा बढी रहेको जनाइएको छ । कतिपय बजारमा टिकट शुल्क पनि वृद्धि भएकाले फिल्मको ग्रसको आकार बढी हुनसक्छ ।

‘ड्युन : पार्ट २’ अहिलेसम्मकै सर्वाधिक राम्रो समीक्षा र रेटिङ पाएको फिल्म हो । भेराइटी म्यागजिनका समीक्षक पिटर डिबर्गले यस्ता केही फिल्मले मात्र दर्शकलाई सन्तुष्ट तुल्याउन सक्ने बताएका छन् । यो स्तरको खर्च र विश्वासको मत दिएर दर्शकले निर्देशक भिलेनुएभले खेलेको जुवालाई रुचाएको समेत उनले बताएका छन् ।

‘ड्युन २’ को अन्त्यमार्फत निर्देशकले तेस्रो श्रृंखलाको बाटो खुला गरेका छन् । दोस्रो श्रृंखलाले पल एट्रेइड्सले आफ्नो परिवार सिध्याउन षड्यन्त्र गर्ने शासकलाई सत्ताच्युत गर्न लडेको लडाइँको कथा पेश गर्छ । यसबाहेक चानी र पलको रोचक प्रेमकथा पनि यसमा समेटिएको छ । तेस्रो श्रृंखलाको कथावस्तु अझै रोचक हुनसक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?