+
+

‘ड्युन २’ को लण्डन प्रिमियरमा जेन्डायाको रोबोटिक लुक्स (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १३:१९

काठमाडौं । हलिउड अभिनेत्री जेन्डायाले आगामी फिल्म ‘ड्युन २’ को लण्डन प्रिमियरमा रोबोट सुट पहिरन लगाउँदै सबैको ध्यान आकृष्ट गरेकी छन् । थिएरी मुग्लरले डिजाइन गरेको यो मेटालिक पहिरन उनलाई सुहाएको पनि थियो ।

उनको यो रेडकार्पेट लुक्स यतिबेला इन्टरनेटमा भाइरल बनिरहेको छ । अभिनेताद्वय तिमोथी चालमेट र अस्टिन बट्लरले पनि रेडकार्पेटमा फेसन स्टेटमेन्ट प्रस्तुत गरे । लण्डनको लेसिस्टर स्क्वायरमा आयोजित यो भव्य प्रिमियरमा फिल्मको सबै कास्ट एण्ड क्रिउको सहभागिता थियो ।

मार्च १ मा नेपालसहित विश्वव्यापी प्रदर्शन तयारीमा रहेको यो फिल्मले अहिले विभिन्न मुलुकमा विश्व प्रिमियरको आयोजना गरिरहेको छ । फ्यान फिल्मको दोस्रो श्रृंखला हेर्न अधैर्य छन् ।

‘ड्युन’को पहिलो भाग बक्स अफिसमा हिट भएको थियो । यो साइन्स फिक्सन फिल्मले अर्कान्सिस नामक एक काल्पनिक बलौटे ग्रहको कथा पेश गर्छ । उक्त ग्रहमा प्रभुत्व कायम गर्न हुने शक्तिको लडाइँ यो फिल्ममा समावेश छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?