+
+

टीआरसीबारे छलफल गर्न भोलि बिहान संसदीय समितिको बैठक आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते २१:२८

२० फागुन, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न संसदीय समितिको बैठक सोमबार बिहान बोलाइएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा यो विधेयकबारे छलफल भएको थियो । आइतबार नै विधेयक पास गर्ने गरी बोलाइएको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले समय मागेपछि स्थगित भएको थियो ।

आइतबार बसेको समिति बैठकमा विधेयकका अधिकांश विषयमा सहमति जुटेको थियो ।

तर, मानव अधिकारको उल्लघंनको घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने विषय र संक्रमणकालीन न्यायको मुद्दामा हुने घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्र्ने भन्ने कि प्रतिशत नै तोकेर जाने भन्ने विषयमा समितिमा सहमति भएको छैन ।

यी दुई विषयमा थप छलफलका लागि भन्दै कानुनमन्त्री गुरुङले समय मागेका थिए । गुरुङले नै भोलि बिहानसम्मको समय आवश्यक भएको भन्ने आधारमा समितिको बैठक बोलाइएको समिति सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?