+
+

ओलम्पिक बक्सिड छनोट प्रतियोगितामा चन्द्रको विजयी शुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते २१:३६

२० फागुन, काठमाडौं । नेपाली बक्सर चन्द्र बहादुर थापाले फ्रान्सको पेरिसमा हुने ३३औ ग्रीस्मकालीन ओलम्पिकको प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

इटलीको मिलानमा सुरु भएको ओलम्पिक क्वालिफाइङ बक्सिङ प्रतियोगितामा नेपाली खेलाडी चन्द्र बहादुर लामाले पुरुष ५१ केजीमा पहिलो खेल जितेका हुन् ।

चन्द्रले पुरुष ५१ किलो तौल समुहमा ताजकिस्तानका शाफिएभ मेहरोनलाई ३-२ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै विजयी शुरुवात गरेका नेपाल बक्सिङ संघले जनाएको छ ।

थापाको अर्को भिडन्त भियतनाम र क्यानडाविचका विजयी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । यस इभेन्टमा फाइनल पुग्ने खेलाडी ओलम्पिकमा छनोट हुनेछन् ।

यस्तै अर्का नेपाली खेलाडी अन्जली तेलीले महिला ५४ किलो तौल समुहमा मार्च ४ मा पोल्याण्डका खेलाडी द्राविक सान्द्रासंग प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?