+
+

कानुन समितिको बैठक बस्दै, टीआरसी विधेयक टुंग्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते ७:२५

२१ फागुन, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न कानुन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ७ः४५ बजे सिंहदरबारमा बोलाइएको छ ।

आजको बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको मस्यौदा प्रतिवेदन पास गर्ने तयारी छ । विधेयकको मस्यौदा प्रतिवेदनका अधिकांश विषयमा दलहरुबीच सहमति भइसकेको छ ।

विधेयकसम्बन्धी समितिको मस्यौदा प्रतिवेदनलाई आइतबार नै कानुन समितिको बैठकबाट पास गर्ने तयारी थियो । तर कानुन मन्त्री धनराज गुरुङले दलहरुबीच केही विषयमा सहमति जुटाउनका लागि समय मागेपछि बैठक स्थगित गरिएको थियो ।

यस विषयमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले, रास्वपासहितको नेतृत्व र प्रधानसेनापति प्रभुराम शर्मासँग आइतबार छुट्टाछुट्टै छलफल समेत गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विगतका अडानमा लचिलो भएपछि विधेयकका मस्यौदा प्रतिवेदनमा सहमति जुटेको हो ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले संक्रमणकालीन न्यायलाई टुंगो लगाउने कामलाई आफ्नो प्रमुख कार्यभारको रुपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?