+
+
Shares

संसद्को कानुन समितिको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १२:४२
सिंहदरबारमा बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ।
  • समितिका सभापतिको स्वास्थ्यमा समस्या आएकाले बैठक स्थगित गर्नुपरेको सचिवालयले जानकारी दिएको छ।
  • कारागार र हिरासतको मानव अधिकार अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि हुने भनिएको छलफल अब आगामी बैठकमा हुनेछ।

२२ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ ।

समिति सचिवालयले सूचना निकालेर बैठक स्थगित भएको जानकारी दिएको छ ।

‘सभापतिको स्वास्थ्यमा समस्या आएको कारण स्थगित गरिएको’ सूचनामा उल्लेख छ ।

समितिको आजको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन पेस र त्यसमाथि छलफल गर्ने कार्यसूची थियो ।

यो कार्यसूची अब आगामी बैठकमा अगाडि बढ्ने पनि सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?