+
+

प्याट कमिन्सले हैदराबादको कप्तानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १५:२५

२१ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सन् २०२४ को संस्करणमा सनराइजर्स हैदराबादको कप्तानी प्याट कमिन्सले गर्ने भएका छन् ।

उनले दक्षिण अफ्रिकाका ब्याटर एडेन माक्ररमको स्थान लिनेछन् । अष्ट्रेलियालाई २०२३ को एकदिवसीय विश्वकप उपाधि जिताउन कमिन्सले कप्तानीमा प्रभाव जमाएका थिए ।

अपराजित रहँदै घरेलु मैदानमा विश्वकपको फाइनल खेलेको भारत कमिन्सको कप्तानीमा रहेके अष्ट्रेलियासँग ६ विकेटले पराजित हुन पुगेको थियो ।

छैटौं पटक अष्ट्रेलियालाई उपाधि जिताउन सानदार कप्तानी गरे उनलाई हैदराबादले अक्सनमा धनको वर्षा गराएको थियो ।

अक्सनमा हैदराबादले कमिन्सलाई ३२ करोड ८० लाख रुपैयाँ (२० करोड ५० लाख) भारुमा किनेको थियो । आईपीएल इतिहासमा २० करोड मूल्य पाउने कमिन्स पहिलो खेलाडी थिए ।

उनी बिकेको केहि समयमै कोलकाताले मिचेल स्टार्कलाई झण्डै ४० करोड रुपैयाँ (२४ करोड ७५ लाख भारु) अक्सनमा खर्चेको थियो । स्टार्क र कमिन्स आईपीएल इतिहासमा सर्वाधिक मूल्य पाउने खेलाडी हुन् ।

कमिन्सले तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । २०२३ को आईपीएल भने कमिन्सले खेलेका थिएनन् ।

विश्वकप र एसेजलाई ध्यानमा राख्दै आईपीएल नखेल्ने निर्णय लिएका थिए । त्यसअघिको सिजन कमिन्सले कोलकाता नाइट राइडर्सबाट खेलेका थिए ।

हैदराबाद आईपीएलमा लगातार कमजोर प्रदर्शन गर्दै आएको छ । २०२२ मा केन विलियम्सनले नेतृत्व गरेका थिए ।

तर गतवर्ष विश्व क्रिकेट कै एक सफल कप्तान विलियम्सनलाई टोलीबाट रिलिज गरेको थियो ।

आईपीएल चैत ९ (२२ मार्चदेखि) सुरु हुनेछ । हैदराबादले चैत १० मा कोलकातासँग खेल्दै सुरुवात गर्नेछ ।

हैदराबादको टोली

प्याट कमिन्स, वासिन्टन सुन्दर, राहुल त्रिपाठी, मयंक अग्रवाल, ट्रविस हेड, अभिषेक शर्मा, हेनरिक क्लासेन, भुवनेश्वर कुमार, मार्को यानसन, अब्दुल सामद, उमरान मलिक, टि नटराजन, एडेन माक्ररम, शाहबाज अहमद, जयदेव उनादकट, वानिन्दु हसरंगा, ग्लेन फिलिप्स, मयंक मारकंडे, फजलहक फारुकी, उपेन्द्र यादव, सनवीर सिंह, आकाश सिंह, नितेश कुमार रेड्डी, अनोमल प्रीत सिंह र झाथवेध सुब्रमायन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?