+
+

शेफिल्ड युनाइटेडको पोष्टमा आर्सनलको ६ गोल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते ७:०६

२२ फागुन, काठमाडौं । आर्सनलले प्रिमियर लिगमा शेफिल्ड युनाइटेडलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

शेफिल्डको मैदानमा भएको खेलमा एकपक्षीय जित निकाल्दै प्रिमियर लिगमा आर्सनलले लगातार सातौं खेल जितेको हो ।

अंक तालिकाको पूछारमा रहेको शेफिल्डविरुद्ध सुरुवाती १५ मिनेटमै ३ गोल गरेको आर्सनलले पहिलो हाफमा ५ गोल गरेको थियो ।

आर्सनलका लागि मार्टिन ओडेगार्डले पाँचौ मिनेटमै पहिलो गोल गरेका थिए । १३औं मिनेटमा शेफिल्डका  जयडेन बोग्लेले आत्मघाती गोल गरेपछि आर्सनले अग्रता दोब्बर बनायो ।

त्यसपछि गाब्रीएल मार्टिनेलीले १५औं, काई हाभार्टले २५औं र डेक्लान राइसले ३९औं मिनेटमा गोल गरे ।

पहिलो हाफमा गोलको वर्षा गरेको आर्सनलले दोस्रो हाफमा भने एक गोल मात्र थप्यो । ५८औं मिनेटमा बेन ह्वाइटले छैटौं गोल गरे ।

जितपछि आर्सनलले शीर्ष स्थानको लिभरपुल र दोस्रो स्थानको स्थानको म्यानचेष्टर सिटीलाई टक्कर दादै उपाधि होडमा आफूलाई कायम राखेको छ ।

आर्सनलको २७ खेलबाट ६१ अंक भएको छ । समान खेलबाट लिभरपुलको ६३ र सिटीको ६२ अंक छ ।

पराजित शेफिल्ड २७ खेलबाट १३ अंकसहित पूछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?