+
+

नगर प्रहरीले पत्रकारमाथि आक्रमण गरेको भन्दै क्षतिपूर्तिको माग

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १९:१५

२२ फागुन, काठमाडौं । काठमाडौंको महानगरपालिकाको नगर प्रहरीले सुन्धारामा फुटपाथ व्यवसायीसँगको झडपका क्रममा पत्रकारमाथि आक्रमण भएको भन्दै श्रमजीवी पत्रकार संगठनले क्षतिपूर्ति दिन ध्यानाकर्षण गराएको छ ।

गत १६ फागुनमा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच सुन्धारामा भएको झडपका क्रममा रिपोर्टिङ गरिरहेका पत्रकार पदम प्रसाद पोख्रेलमाथि महानगर प्रहरीले गरेको सांघातिक हमला, कुटपिट र लुटपाट गरेको आरोप लगाउँदै श्रमजीवी पत्रकार संगठनले मंगलबार ध्यानाकर्षण गराएको हो ।

श्रमजीवी पत्रकार संगठनका अध्यक्ष जन्मदेव जैसीको नेतत्वमा पत्रकार चमन कोइराला र भरत मालाकारको टोलीसँगै पीडित पोख्रेलले पनि न्याय तथा क्षतिपूर्तिको माग गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसामु निवेदन पेस गरेका छन् ।

अध्यक्ष जैसीले आगामी दिनमा सहज ढंगले रिपोर्टिङ गर्ने वातावरणको सिर्जना गर्न महानगर थप जिम्मेवार हुनुपर्ने भन्दै पोख्रेलको सम्पूर्ण उपचार खर्च महानगरले व्यहोर्नुपर्ने र खोसिएका सबै सामाग्री अविलम्ब फिर्ता गर्नुपर्ने र नभए थप संघर्ष गर्न बाध्य हुने बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारले सो घटनाले अप्रत्याशित भएको भन्दै आफू नगर प्रहरीबाट पत्रकारमाथि भएको ज्यादतीका विषयमा सुरक्षाकर्मीसँग थप स्पष्टीकरण मागिने बताएका अध्यक्ष जैसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?