+
+

एमबाप्पेको २ गोलमा पीएसजी क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १०:५३

२३ फागुन, काठमाडौं । केलिएन एमबाप्पेले दुई गोल गरेपछि स्पानिस क्लब रियल सोसिडाडलाई दोस्रो लेगमा २-१ ले पराजित गर्दै  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) समग्रमा ४-१ को जितसहित युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति सोसिडाडको मैदानमा भएको खेलमा पीएसजीका लागि एमबाप्पेले १५औं र ५६औं मिनेटमा गोल गरे ।

सोसिडाडका लागि मिकेल मेरिनोले ८९औं मिनेटमा एक गोल फर्काए । तर, पहिलो लेगमा २-० को जित हात पारेको पीएसजी समग्रमा ४-१ ले विजयी हुँदै अन्तिम ८ मा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?