+
+

‘ट्रेबल’ सपना देख्दै पीएसजी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १९:०७

६ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ऐतिहासिक क्लब ट्रेबलको सम्भावना कायम राखेको छ ।

केलिएन एमबाप्पे र उनका टिममेटहरू १ जुनमा लण्डनस्थित वेम्बली मैदानमा हुने च्याम्पियन्स लिगको फाइनल खेल्ने सपना देख्न थालेका छन् ।

एमबाप्पेले सन् १९७० मा पीएसजी स्थापना भएपछि पहिलो पटक युरोपको प्रिमियर क्लब ट्रफीबारे सोच्न सक्नेछन् । क्लब छाड्नुअघि उनको सम्भावित अन्तिम खेल पनि त्यही हुनेछ ।

‘निश्चय पनि म पीएसजीबाट च्याम्पियन्स लिग जित्न चाहन्छु,’ मंगलबार स्पानिस कलब बार्सिलोनालाई क्वाटरफाइनलमा पराजित गरेपछि एमबाप्पेले भने, ‘हामीसँग राम्रो टिम छ र हामी वेम्बलीसम्म पुग्नका लागि सक्ने जति गर्नेछौं ।’

पीएसजीले च्याम्पियन्स लिगको सेमिफाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग खेल्नेछ ।

च्याम्पियन्स लिगको फाइनलअघि पीएसजीको नजर डोमेस्टिक उपाधिमा हुने । सबैभन्दा पहिले पीएसजी कीर्तिमानी १२औं फ्रेन्च लिग वान उपाधि नजिक छ ।

दोस्रो स्थानको ब्रेस्टमाथि १० अंकको अग्रतामा रहेको पीएसजीले आइतबार घरेलु मैदान पार्क डे प्रिन्समा लियोनमा हराएमा उपाधिको अझ नजिक पुग्ने छ । तर प्रशिक्षक पिएरे सेगजको अन्डरमा लियोन पूर्ण आत्मविश्विका साथ मैदान उत्रिंदैछ ।

गत डिसेम्बरमा अन्तिम प्रशिक्षक बनेका पिएरे सेजलाई लियोन क्लबको म्यानेजमेन्टले उनको प्रशिक्षण देखेपछि पूर्ण प्रशिक्षक नियुक्त गरेको थियो । उनले क्लब सम्हालेपछि लियोनले १७ मध्ये ११ खेल जितेको छ ।

कुनै समय रेलिगेसन छेउतिर रहेको लियोन अहिले आरामदायी अवस्थामा सातौं स्थानमा छ । पाँचौ स्थानको नाइस भन्दा ३ अंकले मात्र पछि छ ।

लियाले लिगमा पीएसजीको अर्को उपाधि यात्रालाई खासै असर गर्न नसक्ला किनकि नाटकीय पतनले मात्र पीएसजीलाई उपाधि जित्नबाट वञ्चित गर्न सकिन्छ । तर २५ मे मा हुने फ्रेन्च कपको फाइनलमा भने लियोनले पीएसजीलाई उपाधि जित्नबाट रोक्न सक्छ ।

फ्रेन्च लिगको पीएसजी शीर्ष स्थानमा आसिन रहँदा दोस्रो स्थानको लागि भने त्रिपक्षीय भीडन्त हुनेछ ।

दोस्रो स्थानको ब्रेस्ट तेस्रो स्थानको मोनाको भन्दा एक अंकले मात्र अघि छ भने चौथो स्थानको लिल भन्दा चार अंकले अघि छ ।

ब्रेस्टले एक खेल बढी खेलेको छ र आइतबार मोनकोसँग खेल्नेछ । यस्तै लिले स्ट्राबवर्गसँग आइतबारै खेल्ने छ ।

एपी न्यूजबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?