+
+

एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते ८:११

५ चैत, काठमाडौं । केलिएन एमबाप्पेल ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मोन्टपिलरलाई ६-२ ले पराजित गरेको छ । यो जितले पीएसजीले शीर्ष स्थानमा पकड बनाउँदै १२ अंकको अग्रता समेत बनाएको छ ।

पीएसजीको २६ खेलबाट ५९ अंक भएको छ । दोस्रो स्थानको ब्रेस्टको समान खेलबाट ४७ अंक छ ।

पीएसजीका लागि एमबाप्पेले २२औं ५०औं र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसअघि भिटिन्हाले १४औं मिनेटमा गोलको खाता खोलेका थिए । यस्तै लि काङ इनले ५३औं र नुनो मेन्डेजले ८९औं मिनेटमा गोल गरे ।

मोन्टपिलरका लागि अर्नाउन दनोर्दिनले ३०औं र तेजी साभानिएरले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?