News Summary
Generated by OK AI. Editorially reviewed.- कीर्तिपुरले रोएल्सलाई ८१-६१ ले हराउँदै हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ मा महत्वपूर्ण जित हासिल गर्यो।
- सोलो बास्केटबलले प्लेबक्स एरेनालाई ६८-६५ ले हराउँदै प्रतिस्पर्धात्मक खेलमा सफलता पायो।
- कीर्तिपुरका प्रशान्त महर्जन र सोलोका प्रगुन महर्जनलाई क्रमशः एमभिपी घोषित गरियो।
२७ फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन् ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको लिगमा कीर्तिपुरले रोएल्सलाई ८१-६१ ले हरायो । कीर्तिपुरले २०-१५, २०-१३, १८-१९, २३-१४ को प्रदर्शन गरेको थियो ।
कीर्तिपुरका प्रशान्त महर्जनले १३ अंक स्कोर गरे । उनी एमभिपी घोषित भए ।
यस्तै बुधबारको दोस्रो खेलमा सोलो बास्केटबलले प्लेबक्स एरेनालाई प्रतिस्पर्धात्मक खेलमा ६८-६५ ले हरायो । तीन क्वाटरमा पछि परेपनि सोलोले तेस्रो क्वाटरमा बनाएको २६-१४ को अग्रता नै जितमा निर्णायक बन्यो ।
प्लेबक्सले पहिलो, दोस्रो र चाैथो क्वाटर क्रमश: १५-११, २०-१९ र १६-१२ आफ्नो पक्षमा पारेपनि जितलाई पर्याप्त भएन ।
सोलोका प्रगुन महर्जनले ३० अंक स्कोर गरे । उनी एमभिपी घोषित भए ।
प्रतिक्रिया 4