+
+

जन्मदिनमा एमबाप्पेको दुई गोल, पीएसजी विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते ९:०७

५ पुस, काठमाडौं । केलिएन एमबाप्पेले आफ्नो २५औं जन्मदिनमा दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मेट्जलाई ३-१ ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा एमबाप्पेले ६०औं र ८३औं मिनेटमा गोल गरे ।

त्यसअघि भिटिन्हाले ४९औं मिनेटमा गोल गरी पीएसजीलाई अग्रता दिलाएका थिए । मेट्जका लागि माथिएल उडोलले ७२औं मिनेटमा एक गोल फर्काए ।

यसै खेलबाट एमबाप्पेका भाइ १६ वर्षीय एथानले पनि डेब्यु गरेका छन् ।

जितपछि लिग लिडर पीएसजीले १७ खेलबाट ४० अंक जोडेको छ ।

यस्तै दोस्रो स्थानको नाइसले लेन्सलाई २-० र तेस्रो स्थानको मोनाकोले टुलुजलाई २-१ ले हरायो ।

नाइसको ३५ र मोनाकोको ३३ अंक छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?