+
+

मिटरब्याज पीडितको वार्ता टोली संयोजक बालुवाटारबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १२:०२

२३ फागुन, काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् ।

बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए ।

उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । संघर्ष समितिका प्रवक्ता नीर्घ नवीनका अनुसार, प्रहरीले पीडितलाई भृकुटीमण्डपबाट बुधबार निस्किन समेत रोक लगाएको थियो । ‘हामीलाई निस्किन नदिएपछि उहाँहरुको नेतृत्वमा गएको टोलीले छुट्टै प्रदर्शन गर्ने भन्ने थियो’, उनले भने, ‘तर, प्रहरीले प्रदर्शन गर्नुअघि नै पक्राउ ग¥यो ।’

मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । तर, हालसम्म पटकपटक भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो । अहिले सत्ता समीकरण फेरिएको अवस्थामा गृह मन्त्रालयमा राजनीतिक नेतृत्व रिक्त हुँदा वार्ता थप अनिश्चित बनेको छ ।

मन्त्रालयबाट सरकारी वार्ता टोलीको नेतृत्व शान्ति सुरक्षा महाशाखका प्रमुख सहसचिव नारायणप्रसाद भट्टराईले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?