+
+

माओवादीबाट शक्ति बस्नेत र रेखा शर्मा मन्त्रीमा निरन्तर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १४:४२

२३ फागुन, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्रीले निरन्तरता पाउने भएका छन् ।

कांग्रेस माओवादी गठबन्धनमा मन्त्री रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु शक्तिबहादुर बस्नेत र रेखा शर्माले मन्त्रीमा निरन्तरता पाउने माओवादी केन्द्र स्रोतले जनाएको छ ।

श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनेछन् भने अर्थमन्त्री वर्षमान पुन हुनेछन् । शक्तिबहादुर बस्नेत र रेखा शर्माको मन्त्रालय टुंगिएको छैन ।

माओवादी केन्द्रबाटै हितबहादुर तामाङले मन्त्री पदको शपथ लिइसके पनि मन्त्रालय टुंगिएको छैन ।

यसअघि मन्त्री भएका सुदन किराती भने नदोहोरिने माओवादी स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?