+
+

जग्गाको गलत सिफारिस दिएको भन्दै वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १७:०७

२४ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडकले छोएको जग्गालाई नछोएको भनी सिफारिस दिएको आरोपमा वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।

बाराको पचरौता नगरपालिका-४ का वडाध्यक्ष कन्हैयालाल यादवले साविक बेलदारी गाविस-४ को कित्ता नम्बर १७३ को सडकले छोएको जग्गालाई नछोएको भन्दै सिफारिस दिएको अख्तियारको आरोप छ

। वडाध्यक्षको सिफारिसका कारण उक्त जग्गा खरिदकर्ता र बिक्रीकर्ताले तिर्नुपर्ने रजिस्ट्रेसन शुल्क र पुँजीकर लाभकर वापत राज्यकोषमा ८ लाख ११ हजा। ९५१ रुपैयाँ घाटा भएको अख्तियारले जनाएको छ ।

अख्तियारले वडाध्यक्ष यादव, जग्गा बिक्रीकर्ता विद्या यादव र खरिदकर्ता बृजकिशोरप्रसाद यादव र अवध किशोर यादविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?