+
+

महालक्ष्मी विकास बैंकद्वारा नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति वितरण

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १८:३२

काठमाडौं । महालक्ष्मी विकास बैंकले नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ ।

कैलालीको धनगढीमा रहेको श्री त्रिनगर माध्यामिक विद्यालयमा अध्यनरत हिराकुमारी जोशीलाई सो छात्रावृत्ति प्रदान गरिएको हो ।

कक्षा १० अध्ययनमा सहयोग पुग्ने उद्देश्यका साथ जोशीलाई सो छात्रवृत्ति प्रदान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिलकुमार नेपालले जोशीलाई सो छात्रावृत्ति हस्तान्तरण गरेका थिए ।

७ वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नवराजबहादुर सिंहको स्मृतिमा स्थापना गरिएको छात्रावृत्ति हो ।

अध्ययनमा उत्कृष्ट तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई ५० हजार रुपैयाँ बराबरको छात्रवृित्त उपलब्ध गराइएको बैंकका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?