+
+

काठमाडौं महानगरले दियो साढे १६ हजारलाई निःशुल्क कानुनी सेवा

स्वास्थ्यमा ६२ प्रतिशत प्रगति

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १९:४७

२४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा १६ हजार ५ सय ९३ सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा दिएको छ । लिखत, परामर्श र अन्य सेवासहित उपलब्ध गराइएको महानगरले जनाएको छ

यस्तै महानगरपालिकाले नियुक्त गरेका कानुनी सल्लाहकारबाट १ सय ४ र कानुन तथा मानव अधिकार विभागबाट १ सय ५२ राय दिइएको छ ।

महानगरले ३ सय ६३ विषय खुलाएर पठाएको छ । चालु आव पहिलो ६ महिनामा स्वास्थ्य क्षेत्रका कार्यक्रम अन्तर्गत् लक्षित वर्गको निःशुल्क उपचार प्रणाली कार्यान्वयनमा आएको छ ।

महानगरको अर्धवार्षिक समीक्षामा पेस भएका प्रतिवेदन अनुसार महानगरले १ सय १९ स्वास्थ्यका कार्यक्रममध्ये ६२ प्रतिशत भौतिक प्रगति गरेको हो ।

स्वास्थ्य विभागले ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ महानगर गौरवको योजना कार्यान्वयनमा ल्याएको छ । यसमा १० कार्यक्रम छन् ।

‘सुलभ फार्मेसी’, ‘स्च्छ भान्छा कार्यक्रम’ र ‘आरोग्य जीवन’ स्वर्णिम योजनामा क्रमशः ३०, १० र ३७.५ प्रतिशत भौतिक प्रगति भएको छ । महानगरपालिकाभित्र ५२ निजी अस्पताल, १० सरकारी अस्पताल, एउटा प्राथमिक उपचार केन्द्र, ३२ स्वास्थ्य प्रवर्द्धन केन्द्र, ६ सुरक्षित गर्भपतन सेवा केन्द्र छन् ।

त्यस्तै ५ सय ५८ महिला स्वास्थ्य स्वयम्सेविकाले समुदाय स्तरमा परिवार नियोजन, खोपसहित आधारभूत स्वास्थ्य सेवा प्रवर्द्धनका लागि काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?