+
+

‘अगस्त्य’ विहीबारदेखि मध्यपूर्वमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते २२:२५

काठमाडौं । नेपाल रिलिजको पाँच दिनपछि फिल्म ‘अगस्त्य’ विहिबारदेखि मध्यपूर्वका मुलुकमा प्रदर्शनमा आएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो फिल्मलाई युएई, कतार र बहराइनमा रिलिज गरेको हो ।

मध्यपूर्वका ठूला चेनहरु भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म प्रदर्शन हुने वितरक रमेश ढकालले जानकारी दिए ।

‘ती मुलुकमा नियमितरुपमा नेपाली फिल्म प्रदर्शन हुनु सफलता हो’ वितरक ढकालले भने । अन्य अन्तर्राष्ट्रिय बजारमा भने यो फिल्म नेपालसँगै प्रदर्शनमा आएको छ ।

सौरभ चौधरी निर्देशित फिल्ममा सौगात मल्ल, मलिका महत, नाजिर हुसेन, प्रमोद अग्रहरिको शीर्ष भूमिका छ । फिल्मले नेपालबाट भारतमा हुने मानव बेचबिखनको कथा पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?