+
+

पशुपति जाँदै हुनुहुन्छ ? यस्तो छ सवारी रुट र पार्किङ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते ७:१८

२५ फागुन, काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास दर्शनार्थीहरूको भीडभाड हुने भएकाले सवारी साधनलाई डाइभर्सन गरिएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिएको छ ।

गौशाला क्षेत्रमा शिवरात्रिका दिन शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सबैलाई आग्रहसमेत गरेका छन् ।

उनका अनुसार महाशिवरात्रि मेलाको ट्राफिक व्यवस्थापन गर्नको लागि ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ । प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाइभर्सन ड्यूटी लगायतमा ट्राफिक प्रहरी परिचालन गरिने छ ।

पशुपति दर्शनमार्ग

आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरु

  • चाबहिलबाट गौशालातर्फ ।
  • पुरानो बानेश्‍वरबाट गौशालातर्फ ।
  • ज्ञानेश्‍वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
  • द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
  • सिफल चौरबाट जयबागेश्‍वरीतर्फ ।
  • लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
  • गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
  • तिलगंगाबाट गौशालातर्फ ।
  • मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
  • जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।
  • सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
  • जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।

मालबाहक सवारी साधनलाई गरिने डाइभर्सन

  • कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडीबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने ।
  • कोटेश्वर तिनकुने हुँदै पशुपति वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।
  • महाराजगंज, चाबहिल हुँदै पशुपति वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
  • कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

पार्किङ्गको व्यवस्थापन गरिएका स्थानहरु

  • बौद्ध, साँखु, सुन्दरीजलतर्फबाट आउने व्यक्तिहरुका लागि गुह्येश्वरी भन्दा माथि यातायात कार्यालय सँगै रहेको जग्गामा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ ।
  • सिफल चौर (दर्शानार्थीहरुको)
  • कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
  • भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
  • तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु)
  • वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)
  • गुह्येश्‍वरी पारि (तीर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?