+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेस सरकार बनाउने धन्दामा लाग्नुहुन्न : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते १५:२०

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी सरकार बनाउने धन्दामा लाग्न नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले बनेको नयाँ गठबन्धनलाई काम गर्न दिएर कांग्रेस सशक्त प्रतिपक्ष बन्नुपर्ने बताए ।

आफूहरुले सभापति शेरबहादुर देउवालाई पनि केही समय पर्खिन आग्रह गरेको उनको भनाइ छ । ‘हामीले सभापतिज्यूलाई भनेका छौं । अहिले केही समय पर्खनुस् । यो गठबन्धन जे बनेको छ, यो गठबन्धनले काम गर्ने अवसर पाओस्’, उनले भने ।

महामन्त्री शर्माले अब नागरिकले पनि कांग्रेसलाई सरकारको धन्दामा नलाग्न खबरदारी गर्नुपर्ने बताए ।

‘तपाईंहरुले पनि हे कांग्रेस अहिले जनताको चाहना र भावना बमोजिम जनताका मुद्दा लिएर संसदमा खरो रुपमा उभिऊ । शिक्षा विधेयक कसैले पास गर्दैनौं भन्छ भने पर्खाल भएर उभिऊ । प्रतिपक्षको खरो भूमिका भएर उभिऊ । कसको कसको घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दाको क्रममा कांग्रेस नलागोस् भन्ने कुरा भन्नुपर्छ’, उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट धोका खानेहरु एक ठाउँमा आउने वातावरण बन्न सक्ने भन्दै महामन्त्री शर्माले अहिले हतार गर्न जरुरी नभएको बताए ।

‘कसको घरमा देउसी खेल्न गएको, विभिन्न दलहरुसँग गएको कुरा आउँछ । धार्नी पु¥याउनेतर्फ लागौं भन्ने पनि आउँछ’, उनले भने, ‘धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैं हुन्छ, त्यसका लागि अहिले हतार गर्न जरुरी छैन ।’

उनले कांग्रेसका मन्त्रीहरुलाई प्रधानमन्त्रीले एक वर्षको समय पनि नदिएको बताए । ‘एउटा मन्त्रीले शपथग्रहण गरेपछि एक वर्षको समय पनि नपाउने ? कांग्रेसको कुन मन्त्रीजीको एक वर्ष पुगेको थियो ? प्रधानमन्त्रीको त एक वर्ष पुगिसकेको अवस्था थियो । कम्तीमा मन्त्रीहरुको पनि समीक्षा गरेर एउटा निश्चित समयमा विकल्प गर्न सकिन्छ भनेको थियौं । तर प्रधानमन्त्रीज्यूले त्यसमा हतारो गर्नुभयो’, महामन्त्री शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?