+
+

वाइफाइको नाम युक्रेनको समर्थनमा राखेपछि रुसका विद्यार्थीलाई जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते ९:३०

२७ फागुन, काठमाडौं । वाइफाइ नेटवर्कको नाम युक्रेनको समर्थनमा राखेको आरोपमा रुसका एक विद्यार्थीलाई जेल सजाय भएको छ ।

आफ्नो वाइफाइको नाम ‘स्लावा युक्रेन’ अर्थात् ‘युक्रेनको जय होस्’ राखेका मस्को स्टेट युभिर्सिटीका विद्यार्थीलाई अदालतले १० दिनको जेल सजाय सुनाएको हो ।

रुसको राजधानी मस्कोस्थित अदालतले ती विद्यार्थीलाई विहीबार अदालतले चरमपन्थी संस्थाको प्रतीक प्रदर्शन गरेको आरोपमा सजाय सुनाएको बीबीसीले जनाएको छ ।

उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको छात्रावासको कोठाबाट वाइफाइको राउटर र कम्प्युटर लगायतका विद्युतीय उपकरण पनि प्रहरीले बरामद गरेको छ ।

रुसले युक्रेनमा आक्रमण थालेको करिब दुई वर्ष भइसकेको छ । यसबीचमा रुसी हमलाको विरोध गर्ने र युक्रेनको समर्थन गर्ने हजारौंले जेल वा जरिमानाको सजायँ पाएका छन् ।

रुसले युक्रेनमा हमला गरेयता युक्रेनको समर्थनमा ‘स्लावा युक्रेन’ अर्थात् ‘युक्रेनको जय होस्’ नारा लोकप्रिय छ । रुसको विरोधमा हुने प्रदर्शनमा प्रायः यो नारा लगाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?