+
+

राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन सार्ने कांग्रेसको प्रस्ताव अस्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १२:२८

२७ फागुन, काठमाडौं । फागुन २९ गतेका लागि तय भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्ने कांग्रेसको प्रस्ताव अस्वीकृत भएको छ ।

आइतबार बिहान संसद भवन नयाँ बानेश्वमा बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको (सर्वदलीय) बैठकमा राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेता कृष्ण सिटौलाले केहि दिन अध्यक्षको निर्वाचन सार्ने प्रस्ताव गरेका थिए । अन्य दलहरुले नमानेपछि तोकिएकै मिति फागुन २९ गते अध्यक्षको निर्वाचन हुने भएको छ ।

यसअघि राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ । यही अनुसार जाने निर्णय भएको नेताहरुले जानकारी दिए ।

संसद सचिवालयका अनुसार ‘पूर्वनिर्धारित समयमै चुनाव गर्ने निर्णयसहित कार्यसूची तय भएको छ ।’ राष्ट्रिय सभाको बैठक आज आइतबार दिउँसो १ बजेर ९ मिनेटमा बोलाइएको छ । जहाँ अध्यक्षका चुनावको मिति घोषणा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?