+
+

राप्रपा कार्यालयमा भएको कुटपिटबारे प्रहरीले थाल्यो अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते ११:५८
Photo Credit : बिक्रम पाण्डे र कुटिएका नेता ठाकुर मोहन श्रेष्ठ ।

२८ फागुन, काठमाडौं । राप्रपा कार्यसम्पादन समिति सदस्य एवम् सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको प्रकरणमा प्रहरीले छानबिन थालेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले प्रहरी वृत्त, महाराजगञ्जमा श्रेष्ठले ठाडो निवेदन दिएको अनलाइनखबरसँग बताए । ‘निवेदन आएपछि कुटपिट भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ’, उनले अनलाइनखबरसँग भने ।

प्रहरी वृत्त, महाराजगञ्जका एक अधिकृतले भने आवश्यकता अनुसार, आइतबार पूर्वएआईजीसमेत रहेका श्रेष्ठले आवश्यकता अनुसार किटानी जाहेरी समेत दिने बताएका थिए । तर, अहिलेसम्म किटानी जाहेरी भने नआएको उनले बताए ।

आइतबार राप्रपाको कार्यसम्पादन समितिको बैठकमा भएको विवादलाई लिएर श्रेष्ठमाथि उपाध्यक्ष बिक्रम पाण्डेको समूहले कुटपिट गरेको नेताहरु बताउँछन् ।

घटनाबारे सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखिएको दृश्यमा श्रेष्ठ अध्यक्ष लिङ्देनको कोठामा प्रवेश गर्न खोजेको देखिन्छ । तर, ढोकामा पुग्दा नपुग्दै ४र५ जनाको समूहले श्रेष्ठलाई मुक्का र लात्ताले हानेको भिडियोमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?