+
+

अष्ट्रेलियामा नेपालीको ‘फाइभ स्टार रिभ्यू कार्ड’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १६:२१

२८ फागुन, काठमाडौं । अष्ट्रेलियामा डिजिटल मार्केटिङको क्षेत्रमा काम गरिरहेका नेपालीहरूले अनलाइन रिभ्यूलाई सजिलो बनाउन ‘फाइभ स्टार रिभ्यू कार्ड’ ल्याएका छन्। आधुनिक एनएफसी प्रविधि रहेको कार्डले व्यवसाय गर्नेहरूलाई उपभोक्ताबाट रिभ्यू लिन सजिलो बनाउनेछ।

सिड्नीमा रहेको नेपालीको डिजिटल मार्केटिङ कम्पनी ‘डिजिटल अल्गोरिदम’ले बजारमा ल्याएको ‘फाइभ स्टार रिभ्यू’ कार्ड सुरुमा गुगलका लागि ल्याइएको प्रवर्धक मदनमणि अधिकारीले बताए। ‘यो कार्डले गुगलमा रिभ्यू दिन एकदम सजिलो बनाउँछ, साथै व्यवसायीले आफ्नै अगाडि ग्राहकले आफ्नो सेवाका बारेमा के भन्दछन् भन्ने पनि पत्तो पाउँछन्’, उनले भने।

यो कार्ड प्रयोग गरेर ग्राहक तथा सेवाग्राहीसँग आफ्नो वस्तु तथा सेवाको बारेमा ‘रिभ्यू’ माग्दा ‘रिभ्यू’ दिने सम्भावना बढी हुने गर्दछ। त्यति मात्र नभएर ग्राहकसँग सीधै वस्तु तथा सेवा बारे कुरा गर्ने अवसर मिल्दा धेरैभन्दा धेरै ‘फाइभ स्टार’ पाउने सम्भावना हुन्छ।

अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, जापान, बेलायत साथै युरोपका सबै मुलुकमा उपभोक्ताहरूले उत्पादन तथा सेवाको बारेमा अनलाइनमा आएका रिभ्यू पढेर किन्ने वा नकिन्ने निर्णय लिने गर्दछन्। भारत साथै नेपालमा पनि बढ्दो अनलाइन सपिङ र घरघर सामान डेलिभरी गर्ने सुविधासँगै अनलाइनमा दिइने रिभ्यूले सामानको बिक्रीमा फरक पार्न थालेको छ।

अष्ट्रेलियामा नेपालीहरूले संचालन गरेका व्यवसायीहरूको पनि यस्तै रिभ्यू नकारात्मक हुँदा व्यवसाय नै घाटामा परेको प्रशस्तै उदाहरण रहेको ‘डिजिटल अल्गोरिदम’का अधिकारी बताउँछन् । गुगलमा उपभोक्ताले दिने रिभ्यूको प्रभाव गुगल, विङ जस्ता सर्च इन्जिन मार्फत कम्पनीको वेबसाइट तथा प्रदान गर्ने सेवा वा वस्तु धेरै मानिससम्म पुग्ने वा नपुग्ने भन्नेमा पनि हुने गर्दछ।

सर्च इन्जिनमा कसैले सम्बन्धित सेवा वा वस्तु बारे खोजी गर्दा गुगलमा धेरै सकारात्मक रिभ्यू र ‘फाइभ स्टार रेटिङ’ पाएका व्यवसायहरू अरूभन्दा माथि देखिन्छन् जसले धेरै ग्राहक पाउने सम्भावना हुन्छ।

विभिन्न तथ्याङ्कहरूले उपभोक्ताहरूले सामान तथा सेवा खरिद गर्नुअघि यस्ता रिभ्यू पढ्ने र त्यसको आधारमा कुन सेवा वा वस्तु खरिद गर्ने भन्ने निर्णय गर्ने गरेको देखाउँछ। अमेरिकी टेक्नोलोजी कम्पनी पोडियमका अनुसार ९३ प्रतिशत खरिदकर्ताहरूले अनलाइनमा भएका रिभ्यूले किन्ने कि नकिन्ने भन्ने निर्णयमा प्रभाव पारेको एक अध्ययनमा बताएको उल्लेख गरेको छ।

ट्रस्टपाइलटको अर्को अध्ययनमा ८९ प्रतिशत सहभागीहरूले सामान तथा सेवा खरिद गर्नुअघि अनलाइनमा त्यसको बारेमा रिभ्यू पढेको बताएका छन्।

अष्ट्रेलियाका नेपाली व्यवसायीलाई फाइदा

आफूहरूले ल्याएको ‘फाइभ स्टार रिभ्यू कार्ड’ले अष्ट्रेलियामा व्यापार, व्यवसाय साथै विभिन्न सेवा दिने नेपालीहरूलाई निकै फाइदा हुने मदनमणि अधिकारी बताउँछन्।

‘डिजिटल मार्केटिङको ठूलो खर्च गर्न बजेट नहुनेहरूलाई यसले सजिलै नयाँ–नयाँ उपभोक्ता सम्म पुग्न सहयोग गर्दछ’ उनले भने, ‘गुगल रिभ्यूको प्रभाव गुगल सर्चको रिजल्टमा पनि हुने भएकाले अष्ट्रेलियामा व्यवसाय गर्ने सबैसँगै नेपालीहरूलाई पनि यसले फाइदा दिनेछ।’

यसको माध्यमबाट धेरैभन्दा धेरै सकारात्मक रिभ्यू लिन सकिने भएकाले त्यसले एसईओ र अरू डिजिटल मार्केटिङका गतिविधिमा मासिक हजारौं डलर खर्च गर्न नसक्नेका लागि ‘फाइभ स्टार रिभ्यू कार्ड’ किफायती साधन सिद्ध हुने उनको भनाइ छ।

५५ डलरमा असंख्य रिभ्यू

फाइभ स्टार रिभ्यू कार्डको मूल्य ५५ अष्ट्रेलियन डलर रहेको छ। यो कार्ड टुटफुट नगर्ने र सही ढंगले प्रयोग गर्ने हो भने वर्षौं टिक्ने प्रवर्धकको भनाइ छ। एकपटक किनेपछि वर्षौंसम्म ढुक्क भएर रिभ्यू संकलन गर्न सकिने कार्डले हजारौं फाइभस्टार सकारात्मक रिभ्यू संकलन गर्न सक्छ।

प्रवर्धकका अनुसार यो कार्ड अष्ट्रेलिया भर सित्तैंमा घरघरमै डेलिभरी हुनेछ । कार्ड खरिद गर्नका लागि फाइभ स्टार रिभ्यूमा गएर आफ्नो व्यवसायको नाम र ठेगाना सहितको विवरण भर्नुपर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?