+
+

सुनको भाउ दुई दिनदेखि स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १०:५६

२९ फागुन, काठमाडौं । हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ दुई दिनदेखि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि प्रतितोला १ लाख २६ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यसअघि आइतबार र सोमबार पनि यहीं मूल्यमा सुनको कारोबार भएको छ ।

नेपाली बजारमा १६ महिनामा सुनको मूल्य प्रतितोला ३५ प्रतिशतले बढिसकेको छ । १७ कात्तिक २०७९ मा प्रतितोला ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । विगत २६ दिनमा सुनको मूल्य ९ हजार ५ सय रुपैयाँ बढिसकेको छ । फागुन ३ गते सुनको भाउ तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । प्रतितोला १ हजार ४८५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?