+
+

अब कांग्रेस होसमा आउनुपर्छ : एमाले सांसद दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १२:४१

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रतिपक्षको भूमिका प्रभावकारी रुपमा खेल्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्ने क्रममा उनले कांग्रेसलाई संयमित हुन आग्रह गरे ।

विगतमा कांग्रेस धेरै समय सरकारमा रहेको भन्दै उनले ‘…कांग्रेस अलि धेरै समय सत्तामा बसेको छ । हामी नेकपा एमाले अलि प्रतिपक्षमै बस्न रमाउँछौं । प्रतिपक्षमा धेरै भूमिकाहरु पनि निर्वाह गरेका छौं । प्रतिपक्षमा जाँदा हामी धेरै आत्तिदैनौं । प्रतिपक्षमा गयो भन्दैमा कुनै बेहोसी कुरा पनि गर्दैनौं ।’

कांग्रेसले अरुले अनुशरण गर्ने यी प्रतिपक्षीय भूमिका खेल्नुपर्ने उनको सुझाव छ । ‘अहिले प्रतिपक्षमा जानु भएको कांग्रेसका साथीहरुलाई आगह गर्न चाहन्छु– नेपाली कांग्रेसकै साथीहरुको शब्द दोहोर्‍याउन चाहन्छु– नेपाली कांग्रेस होसमा आउनुपर्छ अब’ दाहालले भने ।

प्रतिपक्षीय भूमिका कांग्रेसले कस्तो खेल्छ त्यसको सिको भविष्यमा अरुले समेत गर्न सक्ने उनले बताए ।

‘कांग्रेसका साथीहरुले प्रतिपक्षको भूमिका असाध्यै राम्रो भूमिका खेल्नु हुन्छ भन्ने अपेक्षा छ । हामीले पनि त्यो अनुशरण गर्न सकौं किनभने भोलि हामी फेरि प्रतिपक्षमा पुग्न सक्छौं’, दाहालले भने

नयाँ समीकरणका सम्बन्धमा अनावश्यक टिप्पणी गर्न आवश्यक नरहेको पनि उनले बताए । उनी थप्छन्, ‘नयाँ गठबन्धन समयको माग हो । नयाँ ढंगबाट जाऔं भनेर एमाले समेतको सहभागितामा नयाँ परिस्थिति बनेर अगाडि आएको छ । यसलाई सफल पार्न हामी लाग्नुपर्छ, लाग्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?