+
+
Shares

नगरपालिका संघको स्थापना दिवशमा ७ पालिका सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १९:३७

२९ फागुन, काठमाडौं । नेपाल नगरपालिका संघले ५ विधामा उत्कृष्ट काम गर्ने सात वटा पालिकाहरुलाई सम्मान गरेको छ ।

संघको ३१औं स्थापना दिवसको अवसरमा विभिन्न विधाहरुमा उपमहानगरपालिका, नगरपालिकाहरुलाई सम्मान गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, रौतहटको गौर नगरपालिका, चितवनको रत्ननगर नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र रुकुमको चौरजहारी नगरपालिकालाई सम्मान गरेको हो ।

संघले गरेको मूल्यांकनमा गोदावरी नगरपालिकाले सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको छ । यस्तै सोही विधामा भीमदत्त नगरपालिका पनि सम्मानित भएको छ ।

संस्थागत सुधार वित्तीय सुशासन कायम गर्ने नगरपालिकामा घोराही उपमहानगरलाई संघले सम्मान गरेको छ ।

स्थानीय आर्थिक विकासमा फड्को मारेकोमा बुटवल उपमहानगर सम्मानित भएको छ ।

त्यसैगरी सामाजिक विकासको क्षेत्रको उत्कृष्ट कार्य गरेकोमा गौर नगरपालिकालाई संघले सम्मान गरेको हो ।

वन वातावरण तथा जलवायु परिवर्तन र विपद व्यवस्थापन न्यूनीकरण विधामा उत्कृष्ट काम गरेको रत्ननगर नगरपालिका र चौरजहारी नगरपालिका सम्मानित भएका छन ।

संघले आयोजना गरेको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सम्मान वितरण गरेका थिए ।

स्थापना दिवसको अवसरमा नेपाल नगरपालिका संघले जलवायु परिर्वतन सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम समेत राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?