+
+

आज पहाडी क्षेत्रमा हिमपातको सम्भावना, बिहीबार वर्षा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते ६:४६

३० फागुन, काठमाडौं । पहाडी भू-भागमा आज पनि मौसम आंशिक रुपमा बदली भएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसम आंशिक रुपमा बदली भएको हो । जसकारण पहाडी क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको  पहाडी भू-भागका एक-दुई स्थानमा हिमपातसहित छिटपुटदेखि हल्का वर्षाको पनि सम्भावना रहेको छ । हिमपातको सम्भावना शुक्रबारसम्मै छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?