+
+

आजको मौसम : केही ठाउँमा पानी पर्ने, लुम्बिनीमा हावाहुरीको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते ६:३५

१ चैत, काठमाडौं । देशका पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भू-भागमा आंशिक बदली भएको र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?